× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    मोटरसाइकल दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु ।

    १० महिना पहिले

    हेटौँडा, मंसिर १४-

    मकवानपुरगढीकाे धवाडी पुलमा भएकाे दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षकी रुपा स्याङतान र नीजकाे ४ महिनाकी छोरी रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएकाे छ । घटनामा मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएका छन् । घाइते स्याङतानलाई थप उपचारको लागि चितवन पठाइएको छ ।

    सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट करिव १२ मिटर तल खस्दा आमाछाेरी दुई जनाको मृत्यु भएको हो ।