× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ३४ वर्षीय ग्याब्रियल अत्ताल फ्रान्सको प्रधानमन्त्रीमा नियुक्त

    ९ महिना पहिले

    पौष-२४, फ्रान्समा ३४ वर्षीय ग्याब्रियल अत्ताल प्रधानमन्त्री नियुक्त भएका छन्। उनी फ्रान्सका हालसम्मकै कान्छो प्रधानमन्त्री हुन्।

    राष्ट्रपति इम्यानुएल म्याक्रोँले उनलाई सो पदमा नियुक्त गरेका हुन्। यसअघिकी प्रधानमन्त्री एलिजावेथ बोर्नले २० महिना पदमा रहेपछि राजीनामा दिएकी हुन्।

    अत्ताल यसअघि शिक्षामन्त्री थिए। अब उनले जुन महिनामा हुने युरोपेली संसदको निर्वाचनको नेतृत्व गर्नुपर्ने छ।

    अत्तालको उदय तीव्र गतिमा भइरहेको छ। १० वर्षअघि उनी स्वास्थ्य मन्त्रालयका सल्लाहकार मात्र थिए।

    २०१७ मा उनी सांसद बने। २९ वर्षको उमेरमा उनी सबैभन्दा कान्छो मन्त्री बने।

    उनी फ्रान्सको पहिलो घोषित समलिंगी प्रधानमन्त्री पनि हुन्।