× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

    ८ महिना पहिले

    पौष-२५,जिल्ला अदालत काठमाडौंले युवती बलात्कार मुद्दामा नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएकोछ ।

    दुई साता अघि सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोप दोषी ठहर गरेको थियो । आज सन्दीपलाई ८ वर्ष जेल र ५ लाख रुपैयाँ क्षतिपुर्ती जिल्ला अदालत काठमाडौंंले सजाय सुनाएकोछ ।

    सन्दीपलाई तीन लाख जरिवाना र २ लाख युवतीलाई आर्थिक क्षतिपुर्ती गरि कुल ५ लाख पनि तोकिएकोछ ।

    गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो ।

    भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन । सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो ।

    भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन ।

    सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    गत फागुन देखी सन्दीपले नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका थिए । उनीको जिल्ला अदालत काठमाडौंमा लगातार बहस र पेशी चल्दै आएको थियो । पेशी लगातार सर्दै आएको थियो ।

    सन्दीपले ९९ दिन काठमाडौंको सुन्धारामा रहेको जेलमा जीवन विताउनु परेको थियो । पाटनले धरौटीमा छाड्न आदेश दिएपछि उनी नेपाली टोलीमा फर्किएका थिए ।

    नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजका पछिल्ला १२ खेल मध्य ११ खेल जित्दा सन्दीपको प्रदर्शन महत्वपूर्ण थियो ।

    नेपालको ओडिआई मान्यता निरन्तरता दिन, नेपाललाई एसिया कपमा पुर्याउन र टि२० विश्वकपमा पुर्याउन सन्दीपले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।

    विदेश भ्रमणमा भने पेसीको कारण केहि झन्झटमा पर्दै आएका थिए ।

    सन्दीप अब निर्दोष साबित नहुन सम्म नेपाली क्रिकेट टोलीबाट पनि खेल्न नपाउने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताई सकेका छन् ।