× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भरतपुर महानगरको कक्षा ८ को स्वास्थ्य शिक्षाको पुन परीक्षा बारे निस्टा चितवनको आपत्ति

    ६ महिना पहिले

    चैत्र -२०, भरतपुर महानगरले लिएको यस वर्षको कक्षा ८ को आधारभूत तह परिक्षा अन्तर्गत स्वास्थ्य शिक्षा विषयको पुनः परीक्षा बारे नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा) चितवनले आपत्ति जनाएको छ ।

    आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै गत चैत्र ८ गते भएको स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयको परीक्षाका सन्दर्भमा हाल कापी परीक्षण समेत भइसकेर नतिजाको पर्खाइमा बसेको अवस्थामा ११ दिनपछि प्रश्न पत्र निर्माणमा त्रुटि भएको भन्दै पुनः परीक्षा लिन गरिएको अव्यवहारिक निर्णयप्रति विमति रहेको भन्दै निस्टा चितवनले आपत्ति जनाएको हो ।

    प्रश्न पत्र निर्माणमा गल्ती भएको थियो भने यसमा विद्यार्थीहरूको के दोष थियो ? ११ दिनसम्म परीक्षा समितिका तर्फबाट यसबारे किन केही निर्णयहरू भएनन् ? प्रश्न पत्र निर्माणका सन्दर्भमा पहिले नै किन सतर्कता अपनाइएन ? अरूको दोष किन विद्यार्थीहरूमाथि थोपरिँदै छ जस्ता प्रश्न गर्दै आवश्यक छलफल नगरी कलिला बालबालिकाहरूको मस्तिष्कमा परीक्षा प्रति नै नकारात्मक भावना पैदा हुनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै सरोकारवाला पक्षहरूसँग पुनः व्यापक छलफल गरी उचित निर्णयमा पुग्न शिक्षक संघ सम्बद्ध सबैप्रति निस्टा चितवनले विज्ञप्ति मार्फत माग गरेको छ ।

    साेमबार भरतपुर महानगरले लिएकाे यस वर्षकाे कक्षा ८ काे आधारभुत तह परिक्षा अन्तर्गत स्वास्थ्य शिक्षा विषयकाे परिक्षाकाे प्रश्नपत्र प्याब्सन भरतपुरले लिएकाे पुर्व तयारी परिक्षाकाे प्रश्नपत्रसंग अधिकांश हुबहु मिलेकाे भनी संचार माध्यममा प्रकाशित भएसंगै भरतपुर महानगरकाे शिक्षा महाशाखाले ध्यानाकार्षण भएकाे जनाउँदै आगामी बैशाख ३ गते बिहान ११ बजे सम्बन्धित विद्यालयमै पुन: परिक्षा संचालन गर्ने निर्णय गरेको थियो ।