× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सिजर्नशिल महिलाहरू को १५ दिने सर्फ र साबुन बनाउने तालिम सम्पन्न

    ४ महिना पहिले

    असार-९, चितवनको इच्छाकामना ५ मुग्लिनमा १५ दिने सर्फ र साबुन बनाउने तालिम सम्पन्न भएको छ । इच्छाकामना गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत गाउँपालिकाको आयोजना तथा सिजर्नशिल महिला जागरण केन्द्र इच्छाकामना ५ मुग्लिनको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

    शनिबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै अध्यक्ष दान बहादुर गुरुङले सिकेको सीपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।उहाँले गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि मागको आधारमा विभिन्न तालिमहरु संचालन गरिरहेको बताउनुभयो ।

    अध्यक्ष गुरुङले सिर्जनशिल महिला जागरण केन्द्रले इच्छाकामनामा उदाहरणीय काम गरिरहेको बताउनुभयो । उहाँले उद्योग सञ्चालनका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सर्फ बनाउनका लागि मेसिन खरिद गर्न सहयोग गर्ने आवश्वासन दिनुभयो । ५० प्रतिशत अनुदानमा उपलब्ध गराइदिने बताउनुभयो ।उहाँले गाउँपालिकाले बजारीकरणका लागि सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    उपाध्यक्ष माया सिलवालले महिलाहरु आफै सक्षम हुनुपर्ने बताउनुभयो । तालिमबाट सिकेको सीपलाई आयआर्जनमा बदल्न आग्रह गर्नुभयो । उहाँले सिर्जनशिल महिला जागरण केन्द्रले उदाहरणीय काम गरिरहेको बताउनुभयो । काम गर्नेहरुलाई थप हौसला प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले सर्फ बनाउनका लागि मेसिनको आवश्यकता रहेकोले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    कार्यक्रममा वडाध्यक्ष तेज बहादुर शेरचनले वडाले गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दे उद्योगी बन्न आग्रह गर्नुभयो । उहाँले तालिमहरु सञ्चालन गरेपनि उपलब्धी नभएको बताउनुभयो । सिर्जनशिल महिला जागरण केन्द्रले भने यस अघि सिकेको सीपको सदुपयोग गर्दै व्यवसायीक रुपमा काम गरेकोमा धन्यवाद दिदैँ आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सिर्जनशिल महिला जागरण केन्द्रका अध्यक्ष सावित्री पुडासैनी खनालले यस अघि प्रदेश सरकारबाट प्राप्त तालिमबाट संस्थाका महिलाहरुले झोल साबुनको उद्योग सञ्चालन गरि २ जना महिलाले निरन्तर रोजगार पाइरहेको बताउनुभयो । सो उद्योगका बाहिर र मार्केटिङमा कारण ६/ ७ जनाले आंशिक रुपमा रोजगार पाएका छन् । गाउँपालिकाले सर्फ बनाउने मेसिन अनुदानमा उपलब्ध गराएमा अपुग रकम संस्थाले जोह गर्ने बताउनुभयो । मेसिन भए उत्पादन बढाउन सकिने र थप महिलाहरुका लागि रोजगार सिर्जना हुने बताउनुभयो ।

    विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित कार्यक्रममा वडा नम्बर ५ का पूर्व वडा सदस्य बलराम त्रिपाठी, गाउँपालिका ,राजश्व शाखा प्रमुख रीता अर्याल नेपाल लगायतले मन्तव्य राख्नुभएको थियो । मिरा पन्तले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सरिता सुवेदीेले सञ्चालन गर्नुभएको थिायो ।१५ दिन सम्म चलेको तालिममा २० जना महिला सहभागी थिए । तालिमको प्रशिक्षकहरु कृष्ण रिमाल, सपना अधिकारी र पुष्पा थापा रहनुभएको थियो ।गाउँपालिका अध्यक्षले तालिममा सहभागी र प्रशिक्षकहरुलाई प्रमाणपत्र प्रदान गनुृभएको थियो ।