× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन नारायणगढ सडकखण्डको सिमलतालमा पहिरोले २ वटा यात्रुबस बगायो

    ३ महिना पहिले

    असार-२८, मुग्लिन नारायणगढ सडक खण्ड अन्तगर्त भरतपुर महानगरपालिका-२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ ।सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्समा रहेको ३ जना यात्रु भने बाहिर निस्किन सफल भएको डीएसपी भेषराज रिजालले जानकारी दिए ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।

    उद्धारका लागि जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी उपरीक्षक भावेश रिजालको टोली तथा सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएको छ ।

    त्यसैगरी सत्रकिलोमा माथिबाट खसेको ढुङगा लागेर अर्को यात्रुबाहक बसको चालकको मृत्यु भएको जनाइएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ विक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएका डीएसपी रिजालले जानकारी दिए ।