× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना केबुलकार मर्मत सम्भार पश्चात् आजबाट पून सञ्चालनमा आउने

    ३ दिन पहिले

    असोज-१, नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार मर्मत सम्भार पश्चात् आजबाट पून सञ्चालनमा आउने भएको छ । २ महिनाको मर्मत सम्भार पछि असोज १ गते बिहानै देखी सञ्चालनमा आउने भएको हो ।

    गएको असार ३१ गते देखी मर्मत सम्भार को लागि पूर्ण रूपमा बन्द गरिएकोमा मर्मत सम्भार सकिएकोले केबुलकार असोज ब१ गते बिहानै देखी नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रा.लिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

    ‘हामीले हाम्रा यात्रुहरूको सुरक्षाका लागि अत्याधुनिक प्रविधिमा स्तरोन्नति गर्न २ महिना देखी केबुलकार बन्द गरेर काम गरेका थियौ’ उहाँले भन्नुभयो ‘ एनालग अपरेटिङ सिस्टमबाट डिजिटल डी– कनेक्ट मा रूपान्तरण गर्ने काम सम्पन्न भएको छ ।

    ’स्थापनाको २६ वर्ष पछि केबुलकारलाई एनालगबाट डिजिटल प्रणालीमा रूपान्तरण गरिएको हो । केबुलकारलाई डी–कनेक्ट प्रणालीमा लान अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकहरूको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा स्तरोन्नतिको काम सम्पन्न भएको कंम्पनीले जनाएको छ ।केबुलकारको मुख्य लठ्ठा र डिजिटल डी–कनेक्ट प्रणालीमा जाँदा मनकामना दर्शन प्रालिले करिब ५० करोड खर्च गरेको निर्देशक श्रेष्ठले बताउनुभयो ।

    २०५५ साल मङ्सिर ८ गते देखी विधिवत् रूपमा सञ्चालनमा आएको केबुलकारले चितवनको चेरेशमा बटम स्टेसन र गोरखाको मनकामना मन्दिर छेवैमा टप स्टेसन राखी मनकामना मन्दिर आउजाउ गर्नेहरूका लागि सेवा प्रदान गर्दै आएको छ ।