× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एसईई पूरक परीक्षाको परीक्षाफल प्रकाशित: १ लाख १९ हजार ४२५ विद्यार्थीले प्राप्त गरे ग्रेड

    ४ घण्टा पहिले

    असोज-७, एसईई पूरक परीक्षाको परीक्षाफल प्रकाशित भएको छ।जसमा ५६.७८ प्रतिशत परीक्षार्थीहरूले ग्रेड प्राप्त गरेका छन्।

    राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा) को नतिजा आज (सोमबार) प्रकाशन गरेको हो।

    नतिजा अनुसार परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त गरेका परीक्षा बोर्डले जनाएको छ।

    विभिन्न ११ ओटा संस्थाको वेबसाइट, आईभीआर एसएमएसमार्फत राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट बाट नतिजा सहजरुपमा हेर्न सकिने व्यवस्था गरिएको छ।

    संस्थाहरुको जानकारी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को बेवसाइटमा राखिएको परीक्षा बोर्डले जनाएको छ।