× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    त्रिशूली नदीले २ वटा एक्साभेटर र ३ वटा टिप्पर बगायो

    ४ घण्टा पहिले

    असोज-१२, चितवनको ईच्छाकामना गाउँपालिका ३ र गोरखाको गण्डकी गाउँपालिका १ को सिमानामा पर्ने निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरको निर्माणमा प्रयोगमा रहेका ३ वटा टिपर र २ वटा एक्साभेटर त्रिशूली नदीले बगाएको छ ।

    शुक्रवार साँझ ७ : १५ मा ३ वटा टिपर त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको हो ।साँझ सात बजे २ वटा र राति १० बजे एउटा गरी ३ वटा टिपर त्रिशुली नदीले बगाएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै राति १० बजे २ वटा स्काभेटर पनि बगाएको प्रहरीले जानकारी दिएको छ ।

    नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिप्पर, दईवटा एक्साभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको थियो ।

    ब्लु इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एक्साभेटर नदीले बगाएको छ ।