× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नौबिसे-नागढुङ्गा सडक खण्डको झ्याप्ले खोलामा पहिरोले बस पुर्‍यो

    ५ घण्टा पहिले

    असोज-१२, धादिङको नौबिसे-नागढुङ्गा सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा बस पहिरोले पुरिएको छ।

    बसका यात्रु सकुशल रहेका छन् भने ना ३ ख ७८५ नम्बरको ट्रकमा क्षति पुगेको छ। सड़कमाथिबाट खसेको पहिरोले बस पुरिएको हो।

    प्रहरीका अनुसार माथिबाट पहिरो आउन थालेपछि यात्रु र चालकहरू बसबाट निस्किएकाले कुनै मानवीय क्षति भने भएको छैन।

    ‘बस पहिरोले पुरिएको छ। पहिरो आउने क्रम रोकिएको छैन। स्काभेटर पठाएको तर पानी नरोकिएकाले पन्छाउन सकिएको छैन।’, खानीखोलाका प्रहरी प्रमुख इन्स्पेक्टर सिताराम विष्टले बताए।

    बिष्टले भने, ‘थप क्षति हुन नदिन उच्च सुरक्षा सर्तकता अपनाइएको छ।’ पहिरो खसेपछि सवारी साधनहरू बाटोमै अलपत्र परेका छन्।