× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नारायणगढ-मुग्लिन-नागढुङ्गा सडक खण्डमा भोलिसम्म गाडी चलाउन रोक

    ५ घण्टा पहिले

    चितवन-अविरल वर्षाको कारण ठाउँ ठाउँमा पहिरो गइरहेको र पहिरोको जोखिम भएको भन्दै चितवन मात्रै नभएर काठमाडौँ प्रवेश गर्ने नारायणगढ-मुग्लिन-नागढुङ्गा सडक खण्डमा भोलिसम्म गाडी चलाउन रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनले केहीबेरबअघि सूचना जारी गर्दै अहिलेदेखि भोलि बिहान ५ बजेसम्म चितवनदेखि नागढुङ्गासम्म सडकमा गाडी गुडाउन रोक लगाइएको हो ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कतै सडक भासिएका, कतै पहिरो गएको कारण यात्रुको सुरक्षाको लागि भोलि बिहानसम्म गाडी चलाउन रोकिएको बताए ।

    हिजो बेलुका ७ बजेदेखि नै नारायणगढ मुग्लिन सडक खण्डमा गाडी चलाउन रोक लगाइएको छ । बिहान ५ बजे सडक खुल्ने भनेपनि नारायणगढ मुग्लिन सडकको ९ स्थानमा पहिरो गएकोले बाटो अवरुद्ध भएको थियो ।

    चितवनमा लगातारको वर्षाको कारण नारायणी नदी किनाराका सबै बस्ती डुबेका छन् । नारायणी वर्षाका कारण अझ उर्लँदो छ । त्यसैले प्रमुख जिल्ला अधिकारीले नदी किनारामा पनि नजान सर्वसाधारणलाई अपिल गरेका छन् ।