× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्याब्सन चितवनद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि खेैरहनी प्याब्सनलाई, इच्छाकामना प्याब्सन सेमीफाइनल मै रोकियो

    २ हप्ता पहिले

    असोज-१९, निजी विद्यालयहरुको छाता संस्था प्याब्सन चितवनले आयोजना गरेको अन्तरपालिका प्रधानाध्यापक तथा उप प्रधानाध्यापक मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

    चितवन जिल्लाभित्रका इच्छाकामना गाउँपालिका, रत्ननगर, खैरहनी, माडी, कालिका र राप्ती नगरपालिकाबाट ६ टिम र भरतपुर महानगरपालिकाका दुई टिम गरी आठ टिम सहभागी प्रतियोगितामा खैरहनी प्याब्सन विजेता तथा रत्ननगर प्याब्सन उपविजेता हुन सफल भएको हो।

    विजेता तथा उपविजेता टिमलाई , प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्यहरु धनप्रसाद रेग्मी, मोहन लामा, चितवन प्याब्सनका अध्यक्ष किर्तिनिधि अर्याल तथा भलिबल प्रतियोगिताका संयोजक शारदा ढकाल लगायतले मेडल तथा ट्रफी वितरण गरेका थिए ।

    चाडपर्वको समयमा निजी विद्यालयहरूका प्रधानाध्यापक, उपप्रधानाध्यापक लगायत प्याब्सनका प्रतिनिधिहरू बिच शुभकामना आदान प्रदान तथा आत्मियता साटासाटका लागि प्रतियोगिता आयोजना गरिएको प्याब्सन चितवनले जनाएको छ ।