× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रसायनशास्त्र तर्फको नोबेल पुरस्कार २०२४ तीन वैज्ञानिकलाई

    १ हप्ता पहिले

    असोज -२३, यो वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन्।

    वासिङ्टन विश्‍वविद्यालयका डेभिड बेकरलाई ‘कम्प्युटेसनल प्रोटिन डिजाइन’का निम्ति र गुगल डिपमाइन्डका डेमिस हसाबिस तथा जोन एम जम्परलाई ‘प्रोटिनको स्ट्रक्चर प्रेडिक्सन’का निम्ति पुरस्कार दिइने भएको हो।

    रसायनशास्त्रतर्फ अहिलेसम्म ११६ पटक नोबेल पुरस्कार दिइएकोमा सन् १९०१ देखि २०२४ सम्ममा १९७ जनाले यो पुरस्कार पाएका छन्।

    दुईजना वैज्ञानिक दुई–दुई पटक पुरस्कृत भएका छन्।

    अब बिहीवार साहित्य, शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुने छ।