× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    साहित्यतर्फको नोबेल पुरस्कार २०२४ दक्षिण कोरियाकी हान काङलाई

    १ हप्ता पहिले

    असोज-२४, यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङले प्राप्त गर्ने भएकी छन्।

    उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८औँ महिला बनेकी छन्।

    नोबेल पुरस्कार समितिका अनुसार “ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने उनका चरम काव्यात्मक गद्यका लागि” उनलाई पुरस्कार दिइएको हो।

    त्रिपन्न वर्षीय आख्यानकार काङले ‘दी भेजिटेरिअन’ नामक उपन्यासका निम्ति सन् २००७ मा ‘म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गरेकी थिइन्।

    सन् १९०१ देखि २०२४ सम्म साहित्यतर्फ यो पुरस्कार ११७ पटक प्रदान गरिएको छ भने यसबाट १२१ जना साहित्यकार पुरस्कृत भएका छन्।