१ महिना पहिले
असोज-२५, यो वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था ‘निहन हिडन्क्यो’लाई प्रदान गरिने भएको छ।
‘निहान हिडान्क्यो’ दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो।
पुरस्कार समितिले “विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुन: कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले” उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको जनाएको छ।