× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अर्थशास्त्र तर्फको नोबेल पुरस्कार २०२४ अमेरिकाका तीन जना अर्थशास्त्रीलाई

    ४ दिन पहिले

    असोज-२८, यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

    पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

    उनीहरूलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा गरेको कामका लागि पुरस्कार प्रदान गर्न लागिएको हो।”संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति” ती अर्थशास्त्रीहरूलाई पुरस्कृत गर्न लागिएको समितिले जनाएको छ।

    यी अर्थशास्त्रीहरूले विशेषगरी युरोपेली उपनिवेशको प्रभावमा केन्द्रित भएर अध्ययन गरेका छन्। त्यसले अपेक्षाकृत धनी देशहरूलाई गरिब बनाउने खालको प्रणाली विकास गरेको देखाएको छ।

    यस विधामा अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा तीन जना महिला छन्।

    सन् १९६९ देखि यस विधामा पुरस्कार दिन थालिएको हो।