४ दिन पहिले
कार्तिक-१७, नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वार्टर फाइनल पुगेको हो।
हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १०० रनमा समेटियो।
अस्ट्रेलियाका लागि ज्याकबुर्डले १६ बलमा ४ चौकाको सहयोगमा अविजित ५५ रन बनाए। त्यस्तै एलेक्स रोसले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
नेपालका लागि प्रीतिश जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक/एक विकेट लिए। त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय एघार रनको योगफल तयार पारेको थियो।
नेपालका लागि कप्तान सन्दिप जोराले १६ बलमा पाँच चौका र ४ छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे। यसैगरी लोकेश बमले ३३ रसिद खानले र विवेक यादवले अस्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए।
यस अघि शुक्रबार भएको पहिलो खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो। नेपालले भोलि सेमी फाईनल खेल श्रीलङ्का संग खेल्नेछ।