२ दिन पहिले
कार्तिक-२८, काठमाडौं भित्रिने मुख्य सडक त्रिभुवन राजमार्गको सिस्ने खोला क्षेत्रमा यातायात आंशिक बन्द हुने भएको छ ।
नागढुङ्गा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा स्लोप कटिङ कार्य गर्नुपर्ने भएकाले कात्तिक २९ देखि मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक आशिंक रूपमा बन्द हुन लागेको हो ।
यो अवधिमा हरेक दिन सडकखण्ड २० मिनेट बन्द र २० मिनेट खुला हुने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सवारी साधनलाई आशिंक रूपमा रोक लगाइएको हो ।