× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मङ्सिर ३० गते इच्छाकामना, आँबु खैरेनी गाउँपालिका तथा गोरखामा विद्युत सेवा अवरुद्ध हुने

    ५ दिन पहिले

    मंसिर-२८, तनहुँको मार्किचाेक र आबुँखैरेनि सव स्टेशनवाट विधुत आपुर्ति हुने इच्छाकामना, आँबुखैरेनी गाउँपालिका तथा गोर्खा जिल्लाको विभिन्न क्षेत्रमा मङ्सिर ३० गते आइतबार विद्युत सेवा अवरुद्ध हुने भएको छ।

    नेपाल विधुत प्राधिकरण तनहुँ वितरण केन्द्र दमौलीले दिएको जानकारी अनुसार मर्स्याङ्गदी-काठमाण्डाै २२० के भि प्रशारण लाईन आयाेजनावाट तनहुँकाे मार्किचाेकमा निर्माण भएकाे २२० के भि जिआइएस मर्स्याङ्गदी सवस्टेशनकाे नयाँ कन्ट्राेल रूममा जडित सब स्टेसन अटोमोसन सिस्टम हाल सञ्चालनमा रहेकाे १३२/३३ के भि न्यु मर्स्याङ्गदी सव स्टेशनलाई आवद्द गर्नकाे लागि ट्रान्सफरमर सटडाउनमा राखि कार्य गर्न पर्ने भएकोले मङ्सिर ३० गते आईतवार मार्किचाेक र आँबुखैरेनि सव स्टेशनवाट विधुत आपुर्ति हुने पृथ्वि राजमार्ग अन्तर्गतको याम्पा सत्रसय देखि आँबुखैरेनि, मुग्लिन वजार, मनकामना, कुरिनटार र गाेर्खा जिल्ला सदरमुकाम लगायत आसपासका क्षेेत्रहरू एवं सराँघाट सवस्टेशनकाे सवै क्षेत्रमा बिहान ८:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो।

    विद्युत् प्राधिकरणका अनुसार निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने छ।