७ घण्टा पहिले
पुस-२८, चितवनको इच्छाकामना गाउँपालिका २ मायाटारमा पुस २७ गते बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ । पहाडी भूभागमा बसोबास गर्ने बिपन्न समुदायका लागि प्रस्तावित ईच्छाकामना जेसीज ,पुष्पान्जली हस्पिटल परिवार, मायाटार सामुदायिक स्वास्थ्य केन्द्र, श्री राष्ट्रिय आधारभुत बिद्यालय, लियो क्लब अफ मुग्लिङ तथा क्लस्टर ४ अन्तरगत रहेका क्लबहरुको आयोजनामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।
इच्छाकामना गाउँपालिका वडा न २ मायाटार स्थित स्वास्थ्य चौकीमा सम्पन्न स्वास्थ शिबिरबाट ५२८ जनाले सेवा लिएको प्रस्तावित इच्छाकामना जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
सेवा लिनेहरूमध्ये ११५ जना बालबालिका जसमा ४ जना मुटु समस्या, १ जना छारे रोग, १२ जना कान पाकेको र ९८ जनाले छाला रोग सम्बन्धि सेवा लिएका थिए भने ७८ जान महिलाहरुले स्त्रीरोग सम्बन्धी सेवा लिएको जसमा १ जना पाठेघर खसेको ,७ जना पाठेघर ट्युमर , १७ जना महिनावारी गडबडी , १४ जना पाठेघर सङ्क्रमण र अन्य ३९ जनाले विभिन्न सेवा लिएका थिए ।
त्यसैगरि १५० जनाले डेन्टल सम्बन्धी सेवा लिएको थियो जसमा दात निकालेको ४० र सामान्य चेकजाँच ११० थिए भने ७२ जनाले अल्ट्रासाउन्ड सेवा , हाडजोर्नी सम्बन्धी २५ जना, नाक कान घाँटी र आँखा सम्बन्धी सेवा ८८ जना र दोहोरो सेवा लिएको १०७ जना गरि जम्मा ६३५ जनाले सेवा लिएको प्रस्तावित ईच्छाकामना जेसिजका उपाध्यक्ष श्रेष्ठले बताए।