७ घण्टा पहिले
माघ-१०, चितवनको भरतपुरमा विश्वव्यापी संस्था एशोसियजन लाइफ (एपिएस) इटालीद्वारा आयोजित खुशीको मार्ग (द वे टु हेप्पीनेस) विषयको सेमिनर सम्पन्न भएको छ।
एशोसियजन लाइफ (एपिएस) इटालीका अध्यक्ष रोशोना लानटीको अध्यक्षता तथा रोको लानटाको प्रमुख आतिथ्यमा सम्पन्न सेमिनारमा प्याब्सन चितवनका सचिव दयानिधि अर्याल, भरतपुर प्याब्सनका अध्यक्ष मिनराज बिष्ट, एशोसियजन लाइफका नेपाल प्रतिनिधि महेश कुँवर, द वे टु हेप्पीनेसका नेपाल प्रतिनिधि मिना गौडेल एवं विभिन्न विद्यालयका प्राधानाध्यापक एवं प्रतिनिधि उपस्थित रहेका थिए।
लिला बहादुर हमालले संचालन गरेको कार्यक्रममा मिलन न्यौपानेले द वे टु हेप्पीनेस बारेमा प्रस्तुति दिएका थिए।
एशोसियजन लाइफ संस्थाले खुशीको मार्ग (द वे टु हेप्पीनेस) मा विविध कृयाकलाप गरेर उत्कृष्ट योगदान गरेको वापत भरतपुरको ग्रिन ल्याण्ड स्कुल र नवलपरासीको गैंडाकोट इङ्लिस स्कुललाई Prosperity for Nepal Award – 2025 प्रदान गरिएको थियो ।
त्यसैगरि ग्रिन ल्याण्ड स्कुलका प्रअ इन्दिरा पन्त र नवलपरासीको गैंडाकोट इङ्लिस स्कुल प्रअ हिरालाल अर्याललाई Applied Kindness को मानार्थ डिग्री प्रदान गरिएको थियो।