× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पूर्व राजा ज्ञानेन्द्रलाई आँबुखैरेनीबाट मोटरसाइकल र्याली गर्दै शनिबार गोरखा भित्र्याउने

    ११ घण्टा पहिले

    चैत-६, पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहलाई आउँदो शनिबार बिहान आँबुखैरेनीबाट मोटरसाइकल र्याली गर्दै गोरखा भित्र्याउने कार्यक्रम तय भएको छ ।

    पृथ्वीराजमार्ग हुँदै बिहान नौ बजे आँबुखैरेनी आइपुग्ने र त्यहाँ स्वागत गरी मोटरसाइकल र्यालीको आयोजना गर्दै गोरखा भित्र्याउने कार्यक्रम रहेको स्वागत समितिका सदस्य होमसिँह बस्न्यातले जानकारी दिए ।

    कूलदेवता गोरखकाली, गोरखनाथ र मनकामनाको पूजा अर्चना गर्न उनी गोरखा आउन लागेका उनको सचिवालयले पुष्टि गरेको छ ।सचिवालयले बुधबार प्रेस नोट जारी गरी भ्रमणबारे सार्वजनिक गरेका हुन् ।

    पूर्वराजाको भ्रमणको आन्तरिक व्यवस्थापन गर्न गोरखामा १५१ सदस्यीय नागरिक समाज समिति गठन भएको छ । राजावादीको सञ्जालबाट भगवानदास मल्लको नेतृत्वमा स्वागत समिति गठन गरिएको हो । स्वागत, प्रचार प्रसार तथा समन्वय र व्यवस्थापनका लागि सो समिति माताहत अन्य तीन उपसमितिहरु पनि गठन भएको संयोजक मल्लले जानकारी दिए ।

    आउँदो शनिबार चैत्रकृष्ण अष्टमी, गोरखकाली पूजा पर्व रहेको छ । सोही अवसर पारेर पूर्वराजा शनिबार बिहान आँबुखैरेनी आइपुग्ने, आँबुखैरेनीबाट मोटरसाइकल ¥यालीका साथ गोरखा ल्याउने कार्यक्रम तय भएको स्वागत समितिका होमसिंह बस्न्यातले जानकारी दिए ।

    गोरखा दरबारको बसपार्कमा उत्रिएपछि त्यहाँबाट गोरखा दरबार, गोरखकाली तथा गोरखनाथ मन्दिरसम्म पैदल जाने कार्यक्रम छ । सोही मौका पारेर नागरिकहरुले भेटघाट तथा स्वागत गर्ने व्यवस्था मिलाइएको उनले बताए ।