३ दिन पहिले
बैशाख-४, चितवनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक बहालवाला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली आउनु हुने भएको छ । इच्छाकामना गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको समुद्घाटनको लागि प्रधानमन्त्री ओली आउन लाग्नु भएका हुन् ।
यहि वैशाख ५ गते कुरिनटार स्थित इच्छाकामना गाउँपालिका कार्यालयको समुद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउनु हुने कार्यक्रम तय भएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री ओली करिब १०:३० बजे हेलिकप्टर मार्फत कुरिनटार आउनुभई गाउँपालिकाको भवन समुद्घाटन कार्यक्रममा सरिक हुनुहुनेछ ।
कुरिनटारमा प्रधानमन्त्री ओली करिब ३० मिनेट बस्नु भई भरतपुरमा संघीय सरकारको बजेटमा विस्तारको काम सम्पन्न भएको ६.८ किमी लामो पुलचोक–गोन्द्राङ सडक समुद्घाटनको लागि प्रस्थान गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले २०७७ माघ १७ गते सो सडक विस्तारको शिलान्यास गरेका थिए ।
यस्तै प्रधानमन्त्री ओलीले भोलि नै नारायणगढ-बुटवल सडकखण्डको निरीक्षण समेत गर्ने कार्यक्रम रहेको छ । पछिल्लो समय यो सडक निर्माणले पनि गति लिन थालेको छ ।