× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रसियन खोपले कोरोना भाइरसविरुद्ध काम गर्ने संकेत

    ४ वर्ष पहिले

    रसियाले घोषणा गरेको कोरोना भाइरसविरुद्धको खोपले मानिसमा रोग प्रतिरोधात्मक क्षमता विकास भएको देखाएको छ। रसियाकै वैज्ञानिकहरूले प्रकाशित पहिलो प्रतिवेदनमा उक्त दावी गरिएको हो।

    मेडिकल जर्नल ‘द लान्सेट’मा खोपले परीक्षणमा सहभागी मानिसको भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाएको र कुनै पनि किसिमको गम्भीर असर नगरेको जनाइएको छ।

    उक्त भ्याक्सिन स्थानीय प्रयोगका लागि रसियाले अगस्टमा नै अनुमति दिएको थियो। बीबीसीका अनुसार भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्नुअघि प्रयोगको अनुमति दिने रसिया पहिलो देश हो।

    विज्ञहरूले भने अझै पनि खोप कति प्रभावकारी र सुरक्षित छ भन्ने पुष्टि गर्नका लागि परीक्षण गरिएका मानिसको संख्या थोरै भएको बताएका छन्। मस्कोले भने प्रतिवेदनलाई आलोचकहरूको लागि जवाफ भएको बताएका छन्।

    गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनले खोप प्रभावकारी रहेको र आफ्नी छोरीमा पनि परीक्षण गरेको बताएका थिए।

    ‘स्पुत्निक ५’ नाम दिइएको खोपको पहिलो र दोस्रो चरणको परीक्षण गत जुन र जुलाई महिनामा गरिएको जर्नलमा जनाइएको छ। दुवै परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका ३८ जना स्वस्थ स्वयंसेवकलाई पहिलो खोपको लगाइएको थियो। त्यसको तीन सातापछि उनीहरूलाई बुस्टर खोप दिइएको थियो। सहभागीहरूलाई ४२ दिनसम्म निगरानीमा राखियो। तीमध्ये सबैमा तीन सातामै एन्टीबडीको विकास भयो।

    खोप लगाए पछि टाउको र जोर्नी दुख्नेजस्ता असर देखिएको थियो। तेस्रो चरणको परीक्षण ‘फरक उमेर र जोखिम समूह’ बाट ४० हजार जनामा हुनेछ।

    Source: PahiloPost