× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    कोरोनाभाइरसका उपायहरू विरुद्ध विश्वव्यापी विरोध

    ४ वर्ष पहिले

    विश्व जगत अहिले कोभिड १९ को महामारीको चपेटामा छ । विश्वभर फैलिएको यो महामारीले दिनप्रतिदिन मानिसहरुको जीवन कष्टकर हुदै गईरहेको छ । पश्चिमा राष्ट्रहरुमा पहिलो भाईरसको लहर शान्त नहुदै दोस्रो भाइरसको लहरको सम्भावनाले युरोप र अन्य ठाउँमा कोरोनाभाइरसका विरुद्ध उपायहरू जस्तै लकडाउन,अनिवार्य माक्स लगाउनु, सामाजिक दुरी कायम राख्नु पर्ने डरलाई बढावा दिइरहेको छ, जसले गर्दा मान्छेहरुमा कोरोनाभाइरसका विरुद्धका उपायहरू प्रति आक्रोश बढ्दैछ।
    फुटबल प्रशंसक देखि लिएर दक्षिपन्थी ,षड्यन्त्रवादी सिद्धान्तवादीहरू (conspiracy Theorist) देखि विश्वका शक्तिशाली राष्ट्रपतिहरू सम्म कोरोनाभाइरसका विरुद्ध को उपायहरू विरोध गर्दै छन् । जसको यहाँ छोटो सिंहावलोकन गरिएको छ ।

    आफूलाई क्वेर्डेन-७११ (Querdenken-711)  वा “लेटरल चिन्तक -७११” (“Lateral thinkers-711”)  भन्ने स्वघोषित अभियान्ताहरुले पश्चिमी जर्मनीको स्टुटगार्टमा कोरोनाभाइरसका उपायहरू विरुद्ध प्रदर्शन संगै आन्दोलन शुरु गर्यो । जुन आन्दोलन जर्मनीले अप्रिल २० मा लकडाउन सहज बनाउन थाल्नु भन्दा केही दिन अघि नै थियो।उनिहरुका अनुसार कोरोना रोकथाम उपायमा गरिने तानाशाहीका बिरूद्धको यो आन्दोलनको उदेश्य “संविधानको लागि सतर्कताहरु”(“vigils for the constitution”) राखेका थिए।
    एक आईटी उद्यमी माइकल बलवेग द्वारा शुरू गरिएको, यो आन्दोलनमा विस्तारै षडयन्त्र सिद्धान्तवादीहरू(conspiracy Theorist), एन्टिभ्याक्सक्सर्स र दक्षिणपन्थी तथा वामपन्थीका कार्यकर्ताहरू सँगै भेला हुँदै गयो ।

    गत जुलाईको अन्त्यमा बर्लिनको मध्य भागमा झन्डै २०,००० ले पदयात्रा गरे र अधिकांशले मक्स लगाएनन् र सामाजिक दूरीका नियमहरूको पालना पनि गरेन ,जसबाट उनिहरुले आफ्नो आक्रोश पोखिरहेको थियो ।आन्दोलनकारीले स्टटगार्ट ,डार्टमन्ड तथा बर्लिनमा समेत प्रदर्शन गरेका थिए।

    नेदरल्याण्ड्समा समान विचार समूहहरूले विरोध प्रदर्शन शुरू गरेका छन् तर प्रदर्शन अझै सम्म सानो आकारमा रहेको छ । कट्टर फुटबल समर्थकहरू सामेल भएका सो प्रदर्शनमा पुलिससँग खुलेआम मुठभेडको गरिरहेका छन्।सो विरोधप्रदर्शनका प्रदर्शनकारीले आफूलाई भाइरस सच्चाइ(“virus truth”) भन्ने गरेका छन् ,जसको नेतृत्व पूर्व जैविक रसायनविद् हाल नृत्य प्रशिक्षक विलेम एन्गलले नेतृत्व गरिरहेका छन् । उनले स्थानीय पत्रिकालाई आफु डचको पारम्परीक व्यतिगत स्वतन्त्रताको मान्यताबाट प्ररित भएको र सो मान्यता अनुसार आफुले देशका स्वास्थ्य अधिकारीहरु द्वारा गरिएका निर्णयहरुको बारेमा प्रश्न गर्ने अधिकार रहेको बताएका थिए ।

    रोमानियामा पनि केही सय तथाकथित कोरोनसेप्टिकहरू(coronasceptics) देखा परेका का छन । उनिहरुले धार्मिक ब्यतित्वहरुको फोटा एवं राष्ट्रिय झण्डा बोकेर “म भगवानमा विश्वास गर्दछु, कोरोनामा होइन”( “I believe in GOD, not in COVID”)भन्ने प्लेकार्डहरु प्रदर्शन गरिरहेका छन् । बुखारेस्टमा उनीहरूले कोरोनाभाइरस रोकथामका उपायहरू सेनेटरी तानाशाही( “sanitary dictatorship”)भन्ने कुराको विरोधमा बारम्बार प्रदर्शन गरेका छन् ।
    स्पेनमा सानो समूहले युरोपकै सबैभन्दा कडा प्रतिबन्धको बावजुद मार्चपास गरेका छन्। त्यसैगरि जुलाई १२ मा, एन्टीमास्क र एन्टी फाइभ जीका प्लेकार्डहरू समातेर “no to dictatorship” भन्दै अनधिकृत रुपमा नारा लगाउने माथी प्रहरीले हस्तक्षेप गरेका थिए ।
    कोरोनाभाइरस रोकथामका उपाय स्वरुप गरिने विभिन्न कष्टप्रद प्रतिबन्धको तल्लो तहको जनताले मात्र नभएर विश्वको अग्रणी शीर्ष राजनीतिज्ञहरूले समेत आलोचना गरेका छन्।
    ब्राजिलका राष्ट्रपति जैर बोल्सनोरो कोरोना भाइरस परीक्षणमा पोजेटिभ देखिए पश्चात भाइरसलाई रोक्नको लागि तीन हप्ता आइसोलेसनमा बसेर stay-at-home उपायहरूसँग सघर्ष गरिसकेका छन्।उनले गत हप्ता, आफ्नो बिमारी पछिको पहिलो सार्वजनिक कार्यक्रम Piaui को पूर्वोत्तर राज्य मा समर्थकहरुको भीडमा ठूलो स्वरमा अभिवादन गर्नको लागी आफ्नो अनुहारबाट मास्क हटाएका थिए।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य जुलाईसम्म मास्क लगाउने पक्षमा वकालत गर्न इन्कार गरेका थिए। धेरै शेरिफहरू जो प्रायः निर्वाचित अधिकारीहरू हुन् ,उनीहरूले पनि आफ्नो काउन्टीमा राज्यले लगाएको मास्क नियमहरू लागू गर्न प्रतिरोधको सामना गरेका छन्।

    इटालीमा, दक्षिणपन्थी नेता मट्टेओ साल्विनीले गत हप्ता सीनेटमा बिना मास्क लगाई बोलेकोमा व्यापक आलोचना भएको थियो र “कुहिनाले अभिवादन गर्नु मानव जातिको अन्त्य हो”(“greeting with elbows is the end of the human race.”) भनेका थिए ।तरपछि उनले आफ्नो भनाईलाई सच्चाउदै मास्क आवश्यक परेको बेला लगाउनु पर्छ भनेका थिए ।
    तर केहि देशहरुमा मानिसहरु कडा कदमहरु लाई लागू गर्न असफल भएकोमा असन्तुष्टि व्यक्त पनि गरेका छन्। जुलाई को शुरुमा सर्बियाली सरकारले कडा कदमहरु लाई लागू गर्न असफल भएकोमा केहि विरोधको सामना गर्नु परेको थियो । त्यहा कोरोनाभाइरस महामारीको सामना गर्न सरकारले गरेको व्यवहारको विरोधमा प्रदर्शनकारीहरूसँगको झडप भएको थियो।त्यहाँ अश्रुग्यासको बदला केही प्रदर्शनकारीहरूले पुलिसलाई ढुगा प्रहार गरेका थिए।


    राष्ट्रपति अलेक्सान्डर वुचिकले प्रारम्भिक लकडाउनका बिच आम चुनाव गराएर संक्रमणको नयाँ लहरलाई सहयोग पुर्या्एको आरोप लगाएका थिए , जुन चुनावमा राष्ट्रपतिको पार्टीले ठूलो हदसम्म विजय हासिल गरेको थियो।

    विवादास्पद रूपमा भाइरस विरुद्ध लड्न नरम दृष्टिकोण अपनाउने स्वीडेनमा, प्रदर्शनकारीहरूले नरम उपायको सट्टा कडा हुन अनुरोध गरेका छन् । केहि प्रदर्शनकारीहरू भने सार्वजनिक स्वास्थ्य एजेन्सी स्टकहोमको साप्ताहिक प्रेस सम्मेलन बाहिर भेला भएर कडा कदम चाल्न प्रदर्शन गरेका छन्।