४ वर्ष पहिले
चितवन, भदौं २४
चितवनमा थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा मिति २०७७ भदौ २३ गते गरिएको २५७ वटा नमुना परीक्षणमा सिन्धुपालचोकको १ सहित १२ जनाको रिपोर्ट पोजेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।
संक्रमण पुषि्ट हुनेमा भरतपुर महानगर पालिकाको वडा नं. ४, ६ र १० का ४८ र ३५ वर्षीय २ जना पुरुष र ९, २१, ३८, २८, २६, २७ र ५४ वर्षका ७ जना महिला रहेका छन् । त्यस्तै माडि नगर पालिकाको वडा नं. ६ र ७ का १८ महिना र २७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।