४ वर्ष पहिले
चितवन, भाद्र २४, वर्षाका कारण मुगि्लन नारायणगढ सडक अन्तरगत विभिन्न ठाउमा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको छ । वर्षाका कारण ३ किलो, ५ किलो र जलविरेमा पहिरो खसेको हो । अहिले पहिरो हटाउने काम भइरहेको इलाका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरो हटाउन एक वटा लोडरको प्रयोग भइरहेको छ भने थप पहिरो नखसे ३ घण्टामा दुवै तर्फ यातायात सञ्चालन हुने प्रहरीले जनाएको छ ।