× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौं उपत्यका छिर्नु अघि जान्नु पर्ने कुराहरु

    ४ वर्ष पहिले

    अब काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं प्रवेश गरेपछि १४ दिन होम क्वारेन्टिनमा वा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्ने नियमित प्रेस ब्रिफिङमा जानकारी गराएका हुन्।
    उनले यो नियम काठमाडौं प्रवेश गर्ने र यहाँबाट बाहिरी जिल्ला जानेहरूको हकमा पनि लागू हुने बताए।
    साथै, एक जिल्लाबाट अर्को जिल्ला जाँदा पनि १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ।उनको अनुसार क्वारेन्टिनमा बसेको १४ दिन सम्ममा कोरोनाको लक्षण नदेखिएमा पिसिआर जाँच अनिवार्य नरहेको जनाईएको छ ।

    यस्तै विदेशबाट आउनेहरूले समेत क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ।