× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    असोज १५ देखि आन्तरिक उडान खुलाउने सरकारको तयारी

    ४ वर्ष पहिले

    सरकारले १५ असोजदेखि देशभरका विमानस्थलमा आन्तरिक उडान खोल्ने तयारी गरेको छ । तर, पर्यटन मन्त्रालयले भने १ असोजदेखि हिमाली र पहाडी क्षेत्रमा उडान खोल्नुपर्ने प्रस्ताव सिसिएमसीमा गरेको छ । एयरलाइन्स कम्पनीहरूले भने १ असोजदेखि उडान नखोले आन्दोलन गर्ने र कम्पनीको चाबी सरकारलाई बुझाउने चेतावनी दिँदै आएका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सबैसँगको छलफलमा १५ असोजबाट आन्तरिक उडान खुलाउनेमा सहमत भएको बताए । दसैँ र तिहारलाई लक्षित गरी उडान खुलाउने तयारी गरिएको हो ।

    मन्त्री भट्टराईका अनुसार पहिलो चरणमा कोरोना भाइरसको संक्रमण कम भएको जिल्लामा रहेको विमानस्थलमा उडान सुरु गराउने प्रयास भएको छ । मन्त्रालयले विदेशबाट नेपालमा काम गर्न आउन नपाएका कामदारलाई समेत खोल्ने प्रस्ताव सिसिएमसीमा गरेको छ । कामदार रोकिँदा भैरहवा र पोखरा विमानस्थलमा चिनियाँ प्राविधिक रोकिएका छन् । (नयाँ पत्रिका डेलीबाट साभार)