× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा थपिए ८७ संक्रमित,भरतपुर महानगरपालिकामा मात्रै ७३ जना संक्रमित

    ४ वर्ष पहिले

    चितवन । भरतपुर अस्पतालले गरेको परिक्षणमा थप ८७ जनामा कोरोना पुष्टि भएको छ ।
    अस्पतालको कोभिड ल्याबकी प्रमुख डा.नितु अधिकारीले दिएको जानकारी अनुसार गएराती १२ बजेसम्म गरिएको ५३३ नमुना परिक्षणमा ८७ नमुना पोजेटिभ देखिएको छ ।

    नयाँ संक्रमितहरु सबै चितवन जिल्लाका रहेका छन् ।

    जसमध्ये भरतपुर महानगरको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२ र १५ का २३ महिला र ५० पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पताल र पुरानो मेडिकलको क्वारेन्टाइनबाट स्व़ाब संकलन गरिएको थियो ।

    त्यस्तै रत्ननगर नगरपालिकाको वडा नम्बर १३ र १५ का २ महिला रहेका छन् भने खैरहनी- १ का २ पुरुष र २ महिला रहेका छन् ।

    त्यसैगरी कालिका नगरपालिका वडा नम्बर २, ७ र ८ का ६ जना पुरुष र २ महिला गरि ८ जना रहेका छन् । उनीहरुको स्व़ाब क्वारेन्टाइनबाट लिइएको अस्पतालले जनाएको छ ।
    चितवनमा संक्रमितको संख्या १ हजार ८५ जना पुगेको छ । भरतपुर महानगर महानगरपालिकामा मात्रै ७२१ जना संक्रमित पुगेको छ ।