× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ग्यास सिलिण्डर विष्फोट हुँदा एक जना घाइते

    ४ वर्ष पहिले

    २७ भदौ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, महाङ्टारस्थित एक घरमा विष्फोट भएको छ । घटनामा स्थानीय ४८ वर्षीया मिरा जोशी घाइते छिन् ।

    महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिण्डर विष्फोट भएर घटना भएको हुनसक्ने देखिएको छ ।

    ‘ग्यासका कारण बिहान ६ बजे भान्सा कोठामा विष्फोट भएको हुनसक्ने देखिएको छ’, उनले भने, ‘घाइतेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।’

    उनका अनुसार थप अनुसन्धान जारी छ । अनलाइन खबरबाट साभार ।