× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • मनोरञ्जन

    १४ वर्षपछि बन्द हुँदै किमको रियलिटि सो

    ४ वर्ष पहिले

    हलिउड : अमेरिकाको चर्चित रियालिटी सो ‘किपिङ अप विथ दी कार्दसियन्स’ छिट्टै बन्द हुने भएको छ। किम आफैंले इन्स्टाग्राममा यसको जानकारी दिएकी हुन्। किमले भावुक हुँदै आफ्नो पोस्ट्मा लेखेकी छन्, ‘१४ वर्षपछि मेरो परिवारको चर्चित रियालिटी सो आगामी वर्षबाट बन्द हुँदै छ ’।

    उनले लेखेकी छन्, ‘अद्भुत फ्यानका लागि हाम्रो परिवारले भारी मन बनाएर ‘किपिङ अप विथ दी कार्दसियन्स’ बन्द गर्ने कठोर निर्णय लिएका छौं। १४ वर्ष, २० सिजन, सयौं भाग र धेरै स्पिन अफ सोहरूका लागि हामी सबैप्रति आभारी छौं। जसले हामीलाई यति लामो समयसम्म हेर्नुभयो, उहाँहरूको अद्भुत याद हामीसँगै रहनेछ। कार्यक्रमका क्रममा भेटिएका सयौं व्यक्तिलाई हामी सधैं स्मरण गर्नेछौं।’

    ‘किपिङ अप विथ दी कार्दसियन्स’बिना म आज यो स्थानमा पुग्न सक्ने थिइनँ। म उनीहरू सबैप्रति आभारी छु, जसले विगत १४ वर्षसम्म मलाई र मेरो परिवारलाई हेर्नुभयो अनि हामीलाई सपोर्ट गर्नुुभयो। यो सोले हामीलाई आजको स्थानमा पुर्‍यायो। म सधैं उनीहरू सबैप्रति ऋणी छु जसले मलाई हाम्रो करिअरको यो आकार दियो, हाम्रो जीवनमा परिवर्तन ल्याउन भूमिका निर्वाह गर्‍यो’, उनले लेखेकी छन्। किमको यो सोको अन्तिम भाग अर्को वर्ष अर्थात् २०२१ मा प्रसारित हुनेछ।

    ‘किपिङ अप विथ दी कार्दसियन्स’को पहिलो भाग सन् २००७ मा प्रसारित भएको थियो। यो सो कार्दसियन जेनर परिवारको व्यक्तिगत र व्यावसायिक जीवनमा केन्द्रित थियो। यो मुख्य रूपमा कार्दसियनका बहिनीहरू किम, कार्टनी र कैलोई तथा उनका सौतेली बहिनी केन्डल र काइली जेनरमाथि केन्द्रित थियो।

    साभार- अन्नपुर्ण पोष्ट