४ वर्ष पहिले
२७ भदौ, गोरखा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ ।
भीमसेन थापा गाउँपालिका-३ का ४५ बर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा मृत्यु भएको हो । उनी मृगौलासम्बन्धी रोगको उपचारका लागि उनी भदौ २१ गते काठमाडौं गएका थिए ।
शिक्षण अस्पतालमा उपचारको क्रममा २३ गते कोरोना पुष्टि भएको र शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय, गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए । अनलाइनखबरबाट साभार ।