× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    जापानी नाओमी ओशाका बनिन् युएस ओपन च्याम्पियन

    ४ वर्ष पहिले

    जापानी खेलाडी नाओमी ओशाका दोस्रो पटक युएस ओपन च्याम्पियन बनेकी छन्।

    न्यूयोर्कमा भएको फाइनल खेलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् ।

    सन् २०१८ मा पनि उपाधि जितेकी चौथो बरियताकी २२ वर्षे ओशाकाले खेल जीवनको तेस्रो ग्राण्डसलाम उपाधि जित्नेक्रममा अजारेन्कालाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् ।

    सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकाले पनि त्यसपछि पछि परिन् ।
    ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् ।