× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    सिन्धुपाल्चोकमा पहिरो, १५ घर पुरिए १८ जना बेपत्ता

    ४ वर्ष पहिले

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा गएराति गएको पहिरोले १५ घर पुरेको छ । बाह्रविसे नगरपालिका वडा नम्बर सात घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा आठ र भीरखर्कमा पाँच घर पुरिएका हुन् ।

    भीरखर्कको पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । नागपुजेको पहिरोमा परेर १८ जना बेपत्ता भएको स्थानीयले बताएका छन् ।

    सिन्धुपाल्चोकमै गत साउन तीस गते जुगल गाउँपालिका दुई लिदीमा गएको पहिरोमा पुरिएर सैतिस जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् । स्रोत एभिन्युज खबर