× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चार प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    ४ वर्ष पहिले

    काठमाण्डौ – आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित पानी परेको छ ।

    मनसुनी वायुको  प्रभावका कारण पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

    राति भने देशभर आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा भारी र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव रहिरहने हुनाले भोलि र पर्सि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।

    आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना भएकाले ती ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । स्रोत उज्यालोअनलाइन ।