× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    चिनियाँ विदेशमन्त्री भन्छन्ः हामीले अमेरिकाको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेका छैनौं

    ४ वर्ष पहिले

    चीनले कहिल्यै अमेरिकाको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन्।

    अमेरिकाको मात्र नभएर चीनले विश्वमा रहेका कुनैपनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको यीको भनाइ छ।

    ‘कुनैपनि देशको आन्तरिक विषयमा दख्खल नदिनु चिनियाँ कुटनीतिक संस्कार हो’ यीले भनेका छन्।

    अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्तलाई चीनले जहिल्यै सम्मान गर्ने र सोही तवरबाट आफूहरुले विदेशी मामिलालाई सम्हालिरहेको यीले बताए।

    आफूहरुले कुटनीतिक सिद्धान्तलाई पछ्याइरहँदा अमेरिकाले भने चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको यीको आरोप छ।

    अमेरिकाले चीनको आन्तरिक विषयमा किन हस्तक्षेप गरिरहेको छ भनेर प्रश्न सोध्नेबेला आएको उनी बताउँछन्।

    उनले भनेका छन्,‘चीनको नेसनल पिपुल्स कंग्रेसले कहिल्यै अमेरिकाको आन्तरिक मामिलाको विषयमा विधेयक बनाएन, तर अमेरिकी कंग्रेसले निरन्तर चीनविरुद्ध विधेयक जारी गर्दैछ।’

    हालैमात्र अमेरिकाले हङकङ सम्बन्धी र सिनजियाङ प्रान्तका उइगर मुसलमानसँग सम्बन्धित कानुनहरु पारित गरेका छन्।

    यी कानुनले चीनले ती क्षेत्रमा त्यहाँका समुदायविरुद्ध ज्यादती गर्छ र गर्दैन भनेर हेर्दछ। चिनियाँ कदमअनुसार अमेरिकाले चीनसँग व्यवहार गर्ने ती कानुनहरुमा उल्लेख गरिएका छन्।

    चिनियाँ विदेशमन्त्री यी भन्छन्,‘अमेरिकाले आन्तरिक मामिलामा हस्तक्षेप गरेर सीमा नाघिसकेको छ।’

    उनका अनुसार अमेरिकाले आफ्नै देशका बेथितिहरुलाई सुरुमा व्यवस्थापन गर्न सक्नुपर्छ। सिन्ह्वा