× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १०३९ संक्रमित, ११७३ डिस्चार्ज, ९ जनाको मृत्यु

    ४ वर्ष पहिले

    काठमाडौं, भदौ २८ । पछिल्लो २४ घण्टामा १०३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०३९ संक्रमित थपिएका हुन् ।हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ ।२४ घण्टामा ९१६५ जनाको पीसीआर परीक्षण गरिएको छ ।२४ घण्टामा ११७३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३८६९७ रहेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मृत्यु भएकामध्ये ६ जना काठमाडौं उपत्यका मात्र छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ पुरुष र २ महिला, मोरङमा १ पुरुष, सिन्धुपाल्चोकमा १ पुरुष र कास्कीमा १ जना महिलाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।