४ वर्ष पहिले
भाद्र २८, चितवन
मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत १७ किलोमा लामो समय देखि एकर्फी मात्र सञ्चालन हुदै आएको सडक मर्मतपछि २ तर्फी सवारी चल्ने भएको छ । मुगि्लन–नारायणघढ सडक खण्डमा यात्रा गर्ने जोकोहीलेपनि सडक भासिएको कारण घण्टौ सम्म सवारी जाममा बस्नुपर्ने बाध्यता रहदै आएको थियो । भासिएरको भागमा ढुङ्गा–माटो, ग्रावल फिलिङ्ग गरी अस्थायी रुपमा आजदेखि दुइतर्फी सवारी चल्नसक्ने बनाएको सडक डिभिजन कार्यालय भरतपुरका साइड इन्चार्ज अमर गुरुङले जानकारी दिनुभयो ।