× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    डोमिनिक थिमले जिते पुरुष यूएस ओपनको उपाधि

    ४ वर्ष पहिले

    आज बिहानै भएको निकै प्रतिस्पर्धात्मक खेलमा सातौ वरियताको अलेक्जेन्डर जेरभलाई हराउँदै डोमिनिक थिमलले सन् २०२० को पुरुष यूएस ओपन टेनिसको उपाधि जितेको छ। उनको यो पहिलो ग्रान्ड स्लाम उपाधि हो ।

    पहिलो र दोस्रो सेट २–६ र ४–६ ले गुमाए पनि तेस्रो वरियताको अष्ट्रीयाली खेलाडीले त्यसपछिको सेटमा ६–४ , ६–३ र ७–६ ले पुनरागमन गर्दै उपाधि जित्न सफल भएको हुन् ।

    निकै प्रतिस्पर्धात्मक अन्तिम सेटमा डोमिनिक थिमलले ट्राईब्रेकरमा ७–६ (८–६) ले जित्दै १५० औ यूएस ओपनको उपाधि जितेर सन् २००९ पछि सबै भन्दा कम उमेरमा उपाधि जित्ने इतिहास बनाएका हुन्।