× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चारकिलो पहिरो अपडेटः अब केही बेरमा एकतर्फी राजमार्ग सञ्चालन हुने ।

    ४ वर्ष पहिले


    भाद्र २९, चितवन
    मुग्लिन नाराययणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ चारकिलोमा आज दिउसो खसेको पहिरो हटाउने कार्य भइरहको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरको २ वटा लोडकरको प्रयोग गरिएको छ ।

    आज दिउसो २ बजे खसेको सुख्खा पहिरोको कारण सयौ सवारी साधन जाममा परेका छन् ।

    डिजेल अभावको कारण पहिरो हटाउने काममा केही बेर ढिलाइ भएको थियो ।

    थप पहिरो नखसे अबको १ घण्टामा एकतर्फी सवारी आवगमन गर्न सकिने र दुवै तर्फ यातायात सञ्चालन गर्न झण्डै ४ घण्टा लाग्न सक्ने लोडर अपरेटर अमर गुरुङले जनाएका छन् ।

    त्यस्तै सवारी चालकहरुलाई आफ्नो लेनमा रहेरमात्र सवारी हाक्न ट्रराफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले आग्रह गरेका छन् ।