× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    हन्ड्रेड ग्रुपलाई एन्फा सदस्य लामाद्धारा सहयोग

    ४ वर्ष पहिले

    सदस्य लामाले हन्ड्रेड ग्रुपका संयोजक बब्लु गुप्तालाई २० हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । हन्ड्रेड ग्रुपले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का नेपालमा भएको लकडाउन र निशेधाज्ञाका कारण दैनिक गुजारा टार्न समस्या भएका कमजोर आर्थिका अवस्थाका परिवारलाई दैनिक खाना खुवाउदै आइरहेका छन् ।

    हन्ड्रेड ग्रुपले पछिल्लो समय पुरानो बसपार्कमा दैनिक गुजारा गर्ने परिवारका सदस्यहरु दैनिक १ हजार जनालाई निशुल्क खाना खुवाइरहेको छ ।

    हन्ड्रेड ग्रुपलाई आर्थिक सहयोग गर्दै एन्फा सदस्य लामाले ग्रुपले यस्तो विषम परिस्थितिमा कमजोर आर्थिक अवस्था भएका परिवारलाई निशुल्क खाना खुवाएर सह्रानिया कार्य गरेको र फुटबलको माध्यमबाट सहयोग गर्न पाउदा आफुलाई पनि खुशी लागेको बताए ।

    हन्ड्रेड ग्रुपका संयोजक गुप्ताले सहयोग गर्ने एन्फा सदस्य लामालाई धन्यवाद ज्ञापन गर्दै यस्तै किसिमको सहयोगले नै सामाजिक कार्य गर्न थप प्रेरणा मिल्ने बताए । हाम्रो खेलकुदबाट साभार ।