× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन–नारायणगढ सडक खण्ड १७ घण्टा पछि खुल्यो

    ४ वर्ष पहिले


    भाद्र ३०, चितवन
    पहिरोको कारण अबरुद्ध बनेको मुगि्लन–नारायणगढ सडक खण्ड करिब १७ घण्टा पछि खुलेको छ । गएराति परेको अविरल वर्षाकाका कारण चारकिलो, पाँचकिलो, जलविरे, घुमाउने, भालुढुङ्गमा लगायत विभिन्न ठाउहरुमा पहिरो खसेको थियो । सडक डिभिजन कार्यालय भरतपुरको २ वटा लोडरको प्रयोग गरी विहान ७ बजे देखि पहिरो हटाउने कार्य गरिएको थियो ।
    अन्य ठाउको तुलनामा चारकिलोको पहिरो ठुलो भएको हुदा राजमार्ग सञ्चालनमा ल्याउन धेरै समय लागेको इलाका प्रहरी कार्यालय मुगि्लनका प्रहरी निरीक्षक कञ्चन तामाङले बतानुभयो । सोही ठाउमा अघिल्लोदिन सुख्खा पहिरो खस्दा दिनभर राजमार्ग अबरुद्ध भएको थियो ।