× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    २४ घण्टामा देशभर १ हजार ४५९ संक्रमित थपिए

    ४ वर्ष पहिले

    काठमाडौं, भदौ ३० । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४५९ जनामा संक्रमित थपिएका हुन् ।२४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ ।जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् ।

    यस्तै पछिल्लो  २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।