× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चन्द्रागिरि केवलकार सञ्चालनमा र मनकामना केवलकार सञ्चालनकाे तयारीमा ।

    ४ वर्ष पहिले

    आश्विन १, काठमाण्डौ । काेभिड–१९ काे महामारीकाे कारण विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि बिश्वकर्मा पुजासंगै सञ्चालनमा आउने भएको छ ।

    यात्रुहरूलाई सामाजिक दूरी कायम गराइ प्रवेशद्वारदेखि नै हरेक ठाउँमा लाइन म्यानेज्मेन्टकाे लागी गोलो घेरा लगाउने, ह्याण्ड स्यानिटाइजर, सर्जिकल मास्क र सेफ्टी पञ्जाको अनिवार्य व्यवस्था गरी प्रत्येक केबलकारमा ४ जना मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेकाे जानकारी चन्द्रागिरि हिल्स प्रा.लि.का महाप्रबन्धक अभिषेक विक्रम शाहले दिनुभएकाे छ ।

    उहाले लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि पुर्णरूपमा बन्द रहेको केबलकारलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अप्नाएर कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरेको जानकारी दिनुभयाे।

    र साथै काेभिड–१९ काे महामारी कै कारण चैत्र ८ गतेदेखि बन्द नेपाल कै पहिलाे र लामाे दुरीकाे मनकामना केवुलकार पनि सञ्चालनमा ल्याउन आवश्यक गृहकार्य भइरहेकाे जानकारी स्टेशन प्रमुख उज्वल शेरचनले दिनु भएकाे छ । चाडै नै कम्पनिकाे सेड्युल मेन्टिनेन्स गरेर तयारी अवस्थामा रहने र अवस्था अनुकुल रहे चाडै
    नै सेवा सुचारू हुने उहाले जानकारी दिनुभयाे ।

    नेपालकै एक प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर पनि हालसम्म बन्द नै रहेकाे छ ।

    मनकामना मन्दिर