× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन-नरायणगढ सडक आज पनि अबरुद्ध । खुलाउन ३ घण्टा लाग्ने ।

    ४ वर्ष पहिले

    आशि्वन २, चितवन ।
    मुगि्लन-नारायणगढ सडक खण्डमा पहिरो जादा पुनः अबरुद्ध बनेको छ । आज विहान चितवन जिल्ला भरतपुर महानगरपालिका-२९ अन्तरगत १४ किलो र घुमाउनेमा लेदो सहितको पहिरोले राजमार्ग अबरुद्ध बनेको हो । विहान करिब ६ बजे खसेको पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरको मेशिन प्रयोग गरिएको छ । पहिरो हटाइ दुवै तर्फ राजमार्ग सञ्चालन गर्न ३ घण्टा समय लाग्न सक्ने प्रहरीले जनाएको छ । केही दिन यता सामान्य वर्षा हुदा समेत मुगि्लन नारायणगढ सडक खण्डमा पहिरो खसेर राजमार्ग अबरुद्ध हुदै आएको छ । पहिरो रोकथामको लागि गरिएको विभिन्न उपाय प्रभावकारी हुन नसक्दा राजमार्गमा पहिरो झर्ने समस्या भइरहेको हो ।