× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अमेरिकामा टिकटक र वीच्याट प्रतिबन्ध

    ४ वर्ष पहिले

    अमेरिकी वाणिज्य विभागले आइतबार देखि लागुहुने गरि अमेरिकी एप स्टोरमा टिकटक र वीच्याट माथी प्रतिबन्धित लगाएको छ।जसले गर्दा अमेरिकामा यि दुई एप डाउनलोड गर्न पाउने छैन ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनले टिकटक र वीच्याटसम्वद्ध कम्पनिहरुले अमेरिकी प्रयोगकर्ताको निजी जानकारी चीन सरकारलाई दिएकोले राष्ट्रिय सुरक्षामा चुनौती हुने भन्दै प्रतिबन्ध लगाइएको जनाएको छ । तर, चीन र सम्वद्ध कम्पनि दुवैले आरोप अस्वीकार गरेका छन् ।

    वीच्याट औपचारिक रुपमा आइतबारबाट बन्द हुनेछ । टीकटक भने १२ नोभेम्बरसम्म सामान्य तरिकाले चल्नेछ ।
    टीकटकमा प्रतिबन्ध नहुने अवस्था आउने विकल्प नभएको होइन । त्यसका लागि ओराकल र टीकटकका मालिक बाइटडान्सबीच समझदारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गर्नुपर्नेछ ।

    स्रोत: बिबिसि