× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन र बुटवलमा कोरोना संक्रमणका कारण थप दुइ जनाको मृत्यु ।

    ४ वर्ष पहिले

    ३ असोज, काठमाडौं । चितवन र बुटवलमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको र बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

    रौतहटकी महिलाको विहान ५ बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । भदौ २८ गते आकस्मिक कक्षमा भर्ना भएकी उनलाई ल्याउनेवित्तिकै आइसियूसहित भेन्टिलेटरमा राखिएको थियो ।

    उनमा भदौ २९ गते कोरोना संक्रमण पोजेटिभ आएको थियो । उनलाई निमोनिया, थाइराइड र उच्च रक्तचापको समस्या समेत भएको पाइएको डा. लम्सालले जानकारी दिए । चितवनमा कोरोना संक्रमितको भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जिल्लाका मात्रै १७ जना छन् ।

    यसैगरी बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको आज बिहान १ बजे मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । निमोनियाको समस्या रहेका उनी भदौ २२ गतेदेखि नै आईसीयूमा उपचाररत थिए ।

    योसँगै बुटवलमा २ जना महिला र ६ पुरुषसहित ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्रोत अनलाइनखबर