× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    २४ घण्टामा देशभर १२०४ जना संक्रमित थपिए, ११ जनाकोृ मृत्यु

    ४ वर्ष पहिले

    पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ जना संक्रमित थपिएका हुन् ।२४ घण्टामा १० हजार ३सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    हालसम्म संक्रमित हुनेको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ ।जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७ सय ३५ र होम आइसोलेशनमा ९ हजार ७ सय ९४ जना रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४५ हजार २ सय ६८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ ।