४ वर्ष पहिले
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५५६ जना संक्रमित थपिएका हुन् ।२४ घण्टामा ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ३४ सय हजार ९ सय ४५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
हालसम्म संक्रमित हुनेको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ ।जसमा संस्थागत आइसोलेशनमा ९ हजार १ सय ९३ र होम आइसोलेशनमा ८ हजार ९ सय ४९ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ८ सय २३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ ।
त्यसैगरी क्वारेन्टिनमा ७१७१ रहेको छ। साथै आईसीयूमा २२३ जना र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ।